लुम्बिनी एमाले अधिवेशनः रिजालको  पुनः अग्रता  – Nepal Press

लुम्बिनी एमाले अधिवेशनः रिजालको  पुनः अग्रता 

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी नेतृत्वका लागि भएको निर्वाचन मतगणनामा अध्यक्षमा हरि रिजालकाे झिनो अग्रता रहेको छ ।

८ सय मतगणना गर्दा अध्यक्षका उम्मेदवार हरि रिजालले अर्को उम्मेदवार राधाकृष्ण कँडेलभन्दा २ मत बढी ल्याएका हुन् । रिजालले ३९८ मत पाउँदा राधाकृष्ण कँडेलले ३९६ मत पाएका छन् ।

मङ्गलवार भएको मतदानमा सहभागी कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो । प्रमुख निर्वाचन आयुक्त हरि भण्डारीले राती नै मतगणना सकेर नतिजा सार्वजनिक गर्ने जनाएका छन् ।

विजयी उम्मेदारहरुलाई बुधवार बिहान ९ बजे नै शपथग्रहणको कार्यक्रम राखिएको निर्वाचन मण्डलका सचिव तथा पार्टी पोलिटब्युरो सदस्य सूर्य थापाले जानकारी दिएका छन् । अब १६५ मत गणना बाँकी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live