काठमाडौंमा शुक्रबार र शनिबार वर्डप्रेस सम्बन्धी वर्ड क्याम्प हुँदै – Nepal Press

काठमाडौंमा शुक्रबार र शनिबार वर्डप्रेस सम्बन्धी वर्ड क्याम्प हुँदै

काठमाडौं । वर्ड क्याम्प काठमाडौं २०२३ ले काठमाडौंमा शुक्रबार र शनिबार (सेप्टेम्बर ८ र ९) वर्डप्रेस सम्बन्धी वर्ड क्याम्प  आयोजना गर्ने भएको छ ।

गैरिधारास्थित एलाइस रिसेप्सनमा  युनाइटिङ वर्डप्रेस इन्थुजियास्टस् इन नेपाल इभेन्ट गरिने भएकाे छ । कार्यक्रममा वर्डप्रेसबारे सहकार्य, सिकाइ र नेटवर्किङबारे जोड दिइनेछ ।

पहिलो दिन कन्ट्रिब्युटर दिनको रुपमा रहनेछ जहाँ ओपन सोर्समा आउन चाहने आगन्तुकहरुलाई वर्डाप्रेसबारे सिकाइनेछ ।

त्यस्तै, दोस्रो कन्फेरेन्स दिन हुनेछ । जसमा वर्डप्रेस सीप सिकाइने र नेटवर्किङ बनाउने कार्यक्रम हुने आयोजकले विज्ञप्तिमार्फत जनाएको छ ।

ईच्छुकहरुलाई कार्यक्रममा सहभागी हुन पनि आयोजकले आग्रह गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *