प्रदर्शनीमार्गको अनधिकृत टहरा महानगरले भत्कायो (तस्बिरहरु) – Nepal Press

प्रदर्शनीमार्गको अनधिकृत टहरा महानगरले भत्कायो (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रदर्शनी मार्गको अनधिकृत टहरा भत्काएको छ । महानगरपालिकाको नगरप्रहरीले  म‌ंगलबार दिउँसाे भृकुटीमण्डप छिर्ने गेट छेउमा रहेका अनधिकृत संरचना हटाएको हो ।

अनुमति नलिई जुत्तापसल किराना पसल फलफूल पसल सञ्चालन भइरहेको थियो ।अवैध संरचना  बनाएका कारण सार्वजनिक शौचालय  छाेपिएकाे थियाे ।  उक्त संरचना अनधिकृत रुपमा बनाइएको पाइएपछि भत्काइएको नगरप्रहरीप्रमुख राजु पाण्डेले बताए ।

पसलहरुको सामान हटाउन समय दिएर टहरा भत्काइएको उनले बताए । महानगरपािलकाले महानगरभित्र बनेका अवैध संरचना हटाउने कामलाई निरन्तरता दिँदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *