नेप्सेमा झिनो गिरावट – Nepal Press

नेप्सेमा झिनो गिरावट

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट भएको छ ।

मंगलबार शेयरबजार ६.४५ अंकले घटेर १९६१.३७ बिन्दुमा कायम भएको हो । यसदिन बजारमा २४ लाख ८० हजार ९२९ कित्ता शेयरको खरिदबिक्री हुँदा ७९ करोड ६८ लाख ७० हजार ४०८ रूपैयाँको कारोबार भएको छ ।

आज एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था सकारात्मक सर्किटका साथ सर्वाधिक नाफामा रहेको छ । भने, आरबीबी म्युचुअल फण्ड २ नकारात्मक सकिर्टका साथ सर्वधिक घाटामा रहेको छ ।

त्यस्तै, कारोबारका आधारमा हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड ७ करोड ५८ लाख ९७ हजार रूपैयाँको कारोबारका साथ शीर्ष स्थानमा छ ।

मंगलबार बजार पूँजीकरण २९ खर्ब ३६ अर्ब रूपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर