कर्जा तिरेको कति दिनमा धितो फुकुवा हुन्छ ? – Nepal Press

कर्जा तिरेको कति दिनमा धितो फुकुवा हुन्छ ?

काठमाडौं । ऋणीले ऋण लिदाँको बखत राखेको धितो ऋण तिरिसक्दा पनि फुकुवा नभएको गुनासो आउन थालेको छ । समयकै धितो फुकुवा नहुँदा कतिपय ऋणी समस्यामा पर्ने गरेका छन् ।

यसैबीच राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाले ऋण प्रदान गर्दाको शर्त बमोजिम असुल उपर हुुनुपर्ने ऋण असुल भएको ५ दिनभित्र धितो फुकुवा भइसक्ने जनाएको छ ।

राष्ट्र बैंकले एक सुचना जारी गर्दै बैंक तथा वित्तिय संस्थाले असुल उपर गर्नुपर्ने सम्पुर्ण रकम असुल भएपछि पाँच दिनभित्र सम्बन्धित कार्यालयलाई धितो फुकुवाको लागि पत्राचार गर्नुपर्ने जनाएको छ ।

यदि ऋण तिरिसक्दा पनि कुनै पनि बैंक तथा वित्तिय संस्थाले धितो फुकुवा गर्न ढिलासुस्ती गरे राष्ट्र बैंकलाई भन्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *