भारतविरुद्ध नेपालको भर अब दीपेन्द्रमा, ६ ब्याट्सम्यान आउट – Nepal Press

भारतविरुद्ध नेपालको भर अब दीपेन्द्रमा, ६ ब्याट्सम्यान आउट

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले छैटौं विकेट गुमाएको छ । नेपालले ३२ औं ओभरको पाँचौं बलमा गुल्सन झालाई गुमाएको हो । २३ रनमा खेलिरहेका गुल्सनलाई मोहम्मद सिराजले आउट गरे ।

नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

भारतका रवीन्द्र जडेजाले ३, सिराजले २ र सार्दुल ठाकुरले एक विकेट लिएका छन् । नेपालले ३२ ओभरमा ६ विकेट गुमाएर १४५ रन जोडेको छ ।

दीपेन्द्रसिंह ऐरी ६ रनमा खेल्दैछन् । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि त्यसपछि ठूलो साझेदारी गर्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर