इन्जिनियरिङ संस्थानको शुल्क वैज्ञानिक तवरले समायोजन गर्नुपर्ने प्राध्यापक संघकाे माग – Nepal Press

इन्जिनियरिङ संस्थानको शुल्क वैज्ञानिक तवरले समायोजन गर्नुपर्ने प्राध्यापक संघकाे माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)को आवश्यक व्यवस्थापनका लागि शुल्क वृद्धिको वैज्ञानिक समायोजन आवश्यक रहेको आईओईका प्राध्यापकहरुले जनाएका छन् ।

पुल्चोक क्याम्पसका प्राध्यापकदेखि विभिन्न विभागका उप एवम् सहप्राध्यापकहरुले विज्ञप्तिमा जारी गर्दै आइतबार भएको सहमतिमार्फत संस्थानमा भएका तालाबन्दी खुला भइ पठनपाठन हुने भएकोान उनीहरुले धन्यवाद पनि दिएका छन् ।

तर उनीहरुले समायोजन भएको शुल्क फिर्ता लिनाले क्याम्पसको आन्तरिक स्रोतमा कमी भइ क्याम्पसको कक्षाकोठा व्यवस्थापन, सरकारीबाहेकका शिक्षकहरुलाई तलब, सम्भार, प्रयोगशाला व्यवस्थापन लगायतका विषयका लागि कठीन हुने उल्लेख गरेका छन् ।

आईओईका क्याम्पसहरुमा पर्याप्त आर्थिक स्रोत बनाउन आन्तरिक स्रोतको प्रमुख आधार शुल्क समायोजनलाई वैज्ञानिक बनाएर लागू गनुपर्ने उनीहरुको ठहर छ । त्यस्तै, आइतबार भएको सहमतिमा आईओईकै प्रतिनिधि नभएकोमा उनीहरुले गुनासो समेत गरेका छन् ।  त्रिविका पदाधिकारी र अनेरास्ववियुका नेताहरूबीच हिजाे सहमति भएकाे थियाे ।

त्रिवि प्राध्यापक संघ, पुल्चोकका सभापति एवम् एप्लाइड साइन्स तथ के.ई. क्याम्पस इकाई तथा विभागीय प्रमुख प्रा. डा. हेम राज पन्त, संघका सचिव एवम् क्याम्पसका आर्किटेक्चर विभागका सह–प्रा. डा. सञ्जय उप्रेतीलगायतले विज्ञप्ति जारी गरी सबैमा ध्यानाकर्षण गराएका हुन् ।

यस्तो छ विज्ञप्तिः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *