अन्ततः मूल्यवृद्धि फिर्ता लिने त्रिविको इन्जिनियरिङ संस्थान र अनेरास्ववियुबीच सहमति – Nepal Press

अन्ततः मूल्यवृद्धि फिर्ता लिने त्रिविको इन्जिनियरिङ संस्थान र अनेरास्ववियुबीच सहमति

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान र आन्दोलनरत विद्यार्थीहरुबीच चारबुँदे सहमति भएको छ ।

अनेरास्ववियु र संस्थानका पदाधिकारीबीच हाल वृद्धि गरेको शुल्क फिर्ता लिने सहमति भएको छ । त्यस्तै, इन्जिनियरिङ अध्ययन गर्न सबै क्षेत्रको पहुँच विस्ता हुने गरी कर्णाली र मधेश प्रदेशमा श्रोत, साधन समपन्न क्याम्पसहरु स्थापनाका लागि प्रक्रिया अगिाडि बढाउने पनि सहमति भएको छ ।

त्यस्तै, संस्थानको आर्थिक संकट सममाधानका लागि सर्वपक्षीय समितिलगायतका विकल्पबारे छलफल गरेर समाधान गरिने उल्लेख छ । विद्यार्थीहरुले पुल्चोक क्याम्पस र अनेरास्ववियुले गरेको सबैखाले आन्दोलन फिर्ता लिने उनीहरुबीच सहमति भएको छ ।

सहमतिमा त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटा, शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसाल, रिजष्ट्रार प्रा. डा. पेशल दाहाल र आईओईका सहायक डीन प्रा.डा. शुशिलबहादुर बज्राचार्य र अनेरास्ववियुको कावा अध्यक्ष नारायण घर्तीलगायतले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *