एमाले उपाध्यक्ष पाण्डेको प्रश्न- मीनबहादुर गुरुङ भाटभटेनीको त्यो घर बोकेर भाग्छन् ? – Nepal Press

एमाले उपाध्यक्ष पाण्डेको प्रश्न- मीनबहादुर गुरुङ भाटभटेनीको त्यो घर बोकेर भाग्छन् ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरेर सरकारले गलत गरेको बताएका छन् ।

काठमाडौंमा नेपाल उद्योग तथा व्यवसायी महसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै ठूला व्यवसायी कोही जेल गएको कतै आफूले नसुनेको उल्लेख गर्दै बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।

नेता पाण्डेले भने, ‘तपाईंले देख्नुभएको छ । ठूला व्यवसायीहरु कोही जेल गएर बसेका छन ? मुद्दा चलेर हिँड्छ । हाम्रो देशमा हेर्नुस् न मीनबहादुर गुरुङ जेलमा परेको छ । त्यो के पैसा लिएर भाग्छ मीनबहादुर ? सम्पत्ति बोकेर जान्छ ? २५/२६ वटा भाटभटेनी छ । त्यो भाटभटेनीको घर बोकेर भाग्छन् ? नेपालमा केही गर्छु भन्ने व्यवसायीलाई अपराधी गर्न हुँदैन ।’

गुरुङलाई ललिता निवास जग्गा प्रकरणमा सिआइबीले पक्राउ गरेको थियो ।

 


प्रतिक्रिया

5 thoughts on “एमाले उपाध्यक्ष पाण्डेको प्रश्न- मीनबहादुर गुरुङ भाटभटेनीको त्यो घर बोकेर भाग्छन् ?

  1. मान्छे एमाले बन्न सक्छ तर एमाले मान्छे बन्न सकदैन।

  2. मलाई त तस्कर र भ्रष्टाचारीलाई सहयोग पुग्ने गरि ज-जस्ले बोल्छन ती सबै भ्रष्टाचारका मतियार हुन जस्तो लाग्न थाल्यो ।

  3. कुनै बेला चुनाव खर्च दिए जस्ताे लाग्याे। त्यसाे भए अरु साधारण जनता पनि घर सम्पति बाेकेर जान्छन् र तिनलाई थुन्नु पर्ने?

  4. यो पनि दलालको नाइके नै हो यस् को र एमाले को पनि मीन बहादुरको नाममा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर