स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु – Nepal Press

स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

सिन्धुपाल्चोक । लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै शनिवार राती स्कारपियो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने चार गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कारपियो चालक रामेछाप उमाकुण्ड गाउँपालिका–१ निवासी उत्तमराज महर्जन र सिन्धुपाल्चोक बाह्रविसे ७ घुम्थाङ निवासी वर्ष ४१ का बलबहादुर खत्री रहेका छन् ।

त्यस्तै दुर्घटनामा रामेछाप उमाकुण्ड–२ का संगीता बराइली, उनको छोरी युसा बराइली, रामेछाप गोकुलगंगा गाउँपालिका–१ की डोल्मा शेर्पा र काठमाडौँ नागार्जुन नगरपालिकाका प्रमोद महर्जन रहेका छन् ।

गम्भीर घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि काभ्रेको धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना भएको थियो । एमबी दुगड हाइड्रोको गाडी रामेछापको बाम्तीबाट दोलखा हुँदै काठमाडौं जाँदै गरेको थियो । सडकबाट झन्डै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए ।

एउटै स्थानमा पटक पटक दुर्घटना

लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै भएको यो दुर्घटना पहिलो होइन। यसअघि पनि पटक पटक उक्त स्थानमा साना ठुला दुर्घटनाहरू भइरहेका छन् ।

केही वर्ष अघि दोलखा दर्शन गरेर फर्केको तीर्थयात्री सवार बस उक्त स्थानमा नै दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । त्यसपछि पनि लगातार उक्त स्थानमा दुर्घटना हुने गरेका छन् ।

साँघुरो मोड र उक्त स्थानमा सडक बिग्रेका करण पटक पटक दुर्घटना हुने गरेको छ । केही समय अघि उक्त स्थानमा पूजापाठ समेत गरिएको थियो । माथिल्लो मोडबाट गाडी सिधै तल सडकमा खसेको थियो । झण्डै ३ सय मिटर तल सडकमा गाडी खस्दा स्कारपियो क्षतविक्षत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *