लुम्बिनी प्रदेशको नेतृत्व सहमतिबाट टुंगो लगाउन अध्यक्ष ओलीको निर्देशन – Nepal Press

लुम्बिनी प्रदेशको नेतृत्व सहमतिबाट टुंगो लगाउन अध्यक्ष ओलीको निर्देशन

रुपन्देही । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको लुम्बिनी प्रदेशको नेतृत्व आपसी सहमतिबाट टुङ्ग्याउन निर्देशन दिएका छन् ।

एमाले प्रदेश अधिवेशन उद्घाटन समारोहलाई शनिवार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चुनिने बताएका छन् ।

‘हामी विरोधीसँग लड्नुपर्ने छ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिबद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ उनले भने ‘१९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ यस्तो ठाउँमा किन विवाद आउनुपर्‍यो ?’

अध्यक्ष ओलीले कोही कसैले नेताका नाममा कुरा नगर्न निर्देशन दिँदै कसैको आर्शीवाद भएर हुँदैन आफ्नो क्षमताले नेतृत्व गर्नुपर्ने बताए ।

उनले भने- तपाईँहरू बस्नुस् कुरा टुंगाउनुस, सबै सहमतिमा बाहिर आउनुपर्छ । यस्तो इतिहास बोकेको क्षेत्रमा यति धेरै नेताहरू भएको अवस्थामा विवाद बाहिर आएको सुन्नु नपरोस् । यो पार्टीको क्लियर कुरा हो । तपाईँहरूले आज बसेर सहमति गर्नुस् म भोलि घोषणा गर्छु । लुम्बिनीबाट सिंगो देशवासीलाई, पार्टी कमिटीलाई सन्देश दिनुपर्ने छ ।

अध्यक्ष ओलीले लुम्बिनीजस्तो ऐतिहासिक स्थानबाट राजनीतिक जागरणका हिसाबले ऐतिहासिक क्षेत्रबाट एमालेको बलियो किल्ला, सिंगो कम्युनिष्ट पार्टीको उद्गमस्थलबाट एमालेले एकताको सन्देश दिनुपर्ने बताए ।

नेकपा एमालेले पार्टीको लोकतान्त्रिक प्रक्रिया सबैभन्दा पहिले सुरु गरेको बताउँदै ओलीले भने– यो अधिवेशन प्रादेशिक संरचना गएर कर्मकाण्डी पूरा गर्न अधिवेशन गरिएको होइन, एमालेले कर्मकाण्डका लागि होइन, आवधिक रूपमा उद्देश्यसहित अधिवेशन गर्न थालेको छ । अरू पार्टीजस्तो जसरी पनि सरकार टिकाउन बनेको पार्टी होइन । सुशासन र समृद्धिको लागि नेतृत्व गर्ने सरकार बनाउने, देश र जनताका लागि काम गर्ने सरकार चलाउन चाहने पार्टी हो । चुनावदेखि चुनावसम्म र सरकारदेखि सरकारसम्म पुग्ने गरी बनेको पार्टी होइन, यसमा आम एमालेका कार्यकर्ताले सबैलाई जवाफ दिनुपर्छ ।

ओलीले पार्टीको लडाई सधैँ प्रतिक्रियावादी, विकास र सम्बृद्धिका विरोधीसँग हुने बताए ।

नेकपा एस र माओवादीलाई संकेत गर्दै ओलीले भने- वामपन्थी खोल ओढेकाहरू दक्षिणपन्थीसँग गठजोड गरेर जनताको सरकार ढालेका हुन्, तिनै शक्तिहरू राष्ट्रवादी भन्दै हिंड्दैछन् । माओवादीसँगको एकता कम्युनिष्ट शक्ति बलियो बनाउन गरिएको भएपनि कुण्ठित मनसाय राखेकाहरूबाट पार्टी कब्जा गर्ने गलत मनसाय भएर समस्या आएको हो ।

अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकासका सबै काम रोकिएको दाबी गरे । ‘रोप्ने बबुलको रुख खोज्ने स्याउ, बनाउने सरकार अनि खोज्ने विकास, यस्तो । हामीले सुरु गरेका विकासका योजना अहिले सबै अलपत्र छन्, ’उनले भने ।

सरकार र प्रधानमन्त्रीको आलोचना गर्दै उनले भने- बंगलादेश जाने बाटो पहिले नेपालले पाएका हौँ, अनर्गल प्रचार हो, कुन बाटोका लागि जमिन दिने ? पैतृक सम्पत्ति हो र जमिन दिने, प्रचण्डलाई अरूलाई दिने अधिकार छैन, यस्ता त प्रधानमन्त्री छन् । इपिजीको कुरा किन नगरेको भन्दा रिसाउँछन् भनेर जवाफ दिए । गेरुवस्तु धारणम् मुर्रा भैसी ताननम् । राष्ट्रिय स्वाभिमानमा हामी तलमाथि हुन दिँदैनौ, पुर्खाले हामीलाई राखेका हुन्, हामी कहिले पराधीन भएनौँ, यसमा कोहीसँग अधिकार छैन । उपनिवेश नसेको विश्वको १९ वटा देशमध्ये नेपाल हो ।

अहिले सरकारले चलाएको अनावश्यक घोषणलाई व्यङ्ग्य गर्दै ओलीले भने- भ्रष्टाचारतिरको मेरो अभियान रोकिन्न भने हुन्छ, विरुद्ध हटाए हुन्छ ? सरकारमा भएका व्यक्तिहरू, उनीहरूका आसेपासे जोडिएका घटना सबै गुपचुप बनाइँदैछ अनि उनीहरूले एमाले र एमालेका नेताहरू जोडिएका विषय कुनै चर्चाका लागि ल्याइने भन्दै हामीले खुलारुपमा सबैभन्दा पहिले ती पहिले छानबिन गर्न चुनौती दिएका छौँ तर उनीहरू त्यो छानबिन गर्दैनन् र हल्ला गर्दैनन् कारण यसमा एमालेको दोष नभेटिने भएपछि डराएको ।

एमाले भ्रष्टाचार गर्न राजनीति गरेको होइन, तर एमालेभित्र कोही कसैको त्रुटि भेटिए कसैलाई बाँकी नराख्ने तर अनावश्यक प्रोपोगाण्डा गर्न नपाइने ।

एमाले सानासाना विषयमा अल्झेर अल्झने पार्टी होइन, एमालेका बिग्रिएका फल केही वर्ष अघि गइसके, एमालेका अब केही गलत सोच भएकाहरू छैनन्, एस र माओवादीमा रहेका असल कार्यकर्ताहरू नेताहरू एमालेमा फर्कन आव्हान, सिसन ०८४ प्रचण्डले एमालेमा पहिरो गयो भनेछन्, उनीहरू जस्तै धेरैले एमाले भत्काउन खोजेर एमाले पुरानै ठाउँमा रहेको, एमाले माटो र खरानीको डल्लो होइन पहिरो जाने ?

प्रचण्डलाई अब सरकार टिक्दैन भन्ने लागिसकेकोले एमाले विरुद्ध अनर्गल बोल्न थालेको उनले बताए । प्रचण्डले जनता सरकारमा उतार्ने रे ? के का लागि ? सरकार सडकमा उत्रने एमालेको विरुद्ध जाने रे ? अवस्था यस्तो छ । तर यो हाम्रो लागि अवसर हो । गठबन्धनसँग कुनै काम गर्ने भिजन छैन, कि गर्दैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर