प्रचण्डको दाबी- एमाले ठूलो धाँजा परेर विस्फोट हुने अवस्थामा छ – Nepal Press

प्रचण्डको दाबी- एमाले ठूलो धाँजा परेर विस्फोट हुने अवस्थामा छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलमा नेकपा एमाले विभाजन हुनसक्ने दाबी गरेका छन् । सुर्खेतमा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै एमालेमा ठूलो धाँजा परेको दाबी गरे ।

उनले भने, ‘म अहिले नाम लिएर भन्दिनँ तर आफूलाई ठूलो पार्टी भन्ने, प्रतिपक्षी पार्टीभित्र यति ठूलो धाँजा परेको छ, नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ । मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुन्छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति भएको आरोप लगाए । ओलीकै कारणले एमालेप्रति जनतामा निराशाा बढेको उनको बुझाइ छ ।

 


प्रतिक्रिया

4 thoughts on “प्रचण्डको दाबी- एमाले ठूलो धाँजा परेर विस्फोट हुने अवस्थामा छ

  1. एस्ता माओवादी कुरा एमाले को एउटा साधारण सदस्य समेतले एमाले भन्दा अलग भएर सोच पनी सक्दैन एस्ता दुई जिब्रो भएका खाउ बादी नेता हु भन्ने लाई के थाह । एमाले लाई हल्लाउन समेत सक्दैन सबै कार्यकर्ता माकुने झलनाथ बेदुरामहरु जस्ता नेता कार्यकर्ता छैन एमालेमा ।

  2. दिल्लीका दलालहरू आफैं सकिदैछन् नि । आफ्नो हालत कहाँबाट कहाँ पुग्यो हेर्नू छैन अरूको कुरा गर्न लाज छैन ? हुन त दिल्लीले एमाले सिध्याउ भनेर खटाएको ह‍ो तर नोकरहरू र मालिकको दिवा सपना पूरा हुने छैन । अब सकिन धेरै बेर बाँकी छैनन टट्टुहरू । मालिकले पनि खुट्टी देखेपछि लात हान्दैछ ।

      1. खुबी त छ है prachanda मा सानो सिट ले ठूलो हरू लाई हला को छ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर