प्रधानमन्त्री प्रचण्डको भ्रमणअघि शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन जाने – Nepal Press

प्रधानमन्त्री प्रचण्डको भ्रमणअघि शंकर पोखरेलको नेतृत्वमा एमाले नेताहरू चीन जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणअघि एमालेका नेताहरू चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको टोली आइतबार चीन प्रस्थान गर्न लागेको हो ।

भ्रमणको मिति तय भएपनि अहिलेसम्म कति जना जाने भन्ने टुंगो लागिनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘महासचिवको नेतृत्वमा जान्छौं । त्यसमा विदेश र प्रचार विभाग प्रमुख जाने निश्चित छ । अरुको नाम टुंगिएको छैन ।’

यस्तै, विदेश विभाग प्रमुख राजन भट्टलाईले पनि भ्रमण टोलीको नाम नटुंगिएको बताए ।

उनले भने, ‘सीपीसीको निमन्त्रणामा भ्रमणमा जान लागेका हौं । कति सदस्यीय टोली जाने भन्ने अहिलेसम्म टुंगिएको छैन । भोलिसम्म हामी टुंग्याउँछौं ।’

पार्टी नेतादेखि भातृ संगठनका प्रतिनिधि भ्रमण टोलीमा रहने बताइएको छ । आइतबार चीन प्रस्थान गरेका एमालेका नेताहरू दुई साता उतै रहनेछन् ।

त्यसो त प्रधानमन्त्री दाहाल प्रचण्ड पनि संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भएर न्युयोर्कबाट असोज ५ मा बेइजिङ जाँदैछन् । त्यसअघि माओवादी महासचिव देव गुरुङ नेतृत्वको टोली चीन भ्रमणमा गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर