झिनो अंकले घट्यो नेप्से, एक अर्ब १३ करोडको कारोबार – Nepal Press

झिनो अंकले घट्यो नेप्से, एक अर्ब १३ करोडको कारोबार

काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले घटेको छ । बुधबार शेयरबजार २.८२ अंकले गिरावट भई १९९०.५९ बिन्दुमा कायम भएको छ ।

आज ३८ लाख ३ हजार २४४ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ८ हजार ४१ रूपैयाँको कारोबार भएको छ ।

आज सिटी होटल, सानीमा डेबेन्चर २०८७ र माया खोला हाइड्रोपावर कम्पनीले सर्वाधिक नाफा कमाएका छन । भने, सर्वाधिक गुमाउनेमा शिद्धार्थ इक्यूटी फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था र कुथेली बुखेरी स्मल हाइड्रोपावर रहेका छन ।

कारोबारका आधारमा माछापुच्छ्रे बैंक लिमिटेड १० करोड ९१ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर