करेन्ट लागेर नगर प्रमुखका बुवाको मृत्यु – Nepal Press

करेन्ट लागेर नगर प्रमुखका बुवाको मृत्यु

कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीका बुवाको करेन्ट लागेर मृत्यु भएको छ ।

नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर ७२ वर्षीय जनक लाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर बेहोस भएका चौधरीको धनगढी स्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *