लुम्बिनीमा बन्यो समाजवादी मोर्चाको कमिटी, चार-चार महिनामा नेतृत्व फेरिने – Nepal Press

लुम्बिनीमा बन्यो समाजवादी मोर्चाको कमिटी, चार-चार महिनामा नेतृत्व फेरिने

रुपन्देही । समाजवादी मोर्चाको लुम्बिनी प्रदेश समन्वय कमिटी घोषणा भएको छ । मंगलबार बुटवलमा सन्देश सभा गर्दै मोर्चाले कमिटी घोषणा गरेको हो । नेकपा माओवादीका केन्द्रीय नेता बसन्त सीको नेतृत्वमा घोषणा भएको कमिटीमा मोर्चामा आबद्ध चार दलका १२ जना सदस्य रहेका छन् ।

मोर्चामा सबै दलका प्रदेश अध्यक्ष सहभागी छन् । नेकपा माओवादी केन्द्रबाट सुदर्शन बराल, दुर्गाबहादुर थारु र कृष्ण अधिकारी, नेकपा एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी रहेका छन् । त्यस्तै, नेकपाबाट बसन्त, नारायण र सम्झना रहेका छन् । जनता समाजवादी पार्टीबाट नवीनकुमार सुनार, अशोक यादव र मनिकर कार्की रहेका छन् ।

मोर्चाले १५ बुँदे अवधारणपत्र पनि सार्वजनिक गरेको छ । त्यस्तै मोर्चाले लुम्बिनी प्रदेश, जिल्ला र वडासम्म गर्ने सांगठनिक कार्यको विवरणदेखि जिम्मेवारीसम्म तोकेको छ ।

मोर्चाले जिल्ला तहमा मोर्चामा आबद्ध सबै पार्टीबाट २र२ जना रहेको समिति बनाउने भएको छ । लुम्बिनी प्रदेश समन्वय कमिटीको नेतृत्व प्रत्येक चार महिनामा फेरिने छ ।


प्रतिक्रिया

One thought on “लुम्बिनीमा बन्यो समाजवादी मोर्चाको कमिटी, चार-चार महिनामा नेतृत्व फेरिने

  1. बकम्फुस्से मोर्चा । प्रचण्डलाई सत्ता टिकाउनु छ । अरू दुईलाई एक दुई मन्त्री पठाएर लुटनु छ । विप्लवलाई चन्दा भनेर लुटेको छानबिन, अनुसन्धान नहोस् भन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर