नाइल बाँध विवादः त्रिदेशीय वार्ता निस्कर्षविहीन – Nepal Press

नाइल बाँध विवादः त्रिदेशीय वार्ता निस्कर्षविहीन

काठमाडौं । इजिप्टको जलश्रोत तथा सिंचाई मन्त्रालयले सोमवार सकिएको ग्राण्ड इथियोपियन रेनेसान्स बाँध (जीइआरडी) विवाद समाधानका लागि बसेको त्रिदेशीय बैठक निस्कर्षविहीन भएको बताएको छ ।

इजिप्ट, इथियोपिया र सुडानबीच लामो समयदेखि चलिरहेको जीइआरडी विवादलाई लिएर इजिप्टको राजधानी कायरोमा आइतबारदेखि शुरु भएको वार्ता बिना निस्कर्ष सकिएको हो । इजिप्ट छिटो भन्दा छिटो बाँध सञ्चालन गर्न प्रयास गरिरहेको छ ।

इथियोपियाले इजिप्ट र सुडानको बिरोधका बीच २०२० मा बाँध सञ्चालन गर्न थालेको थियो । अरु देशसँग सहमति बिना बाँध सञ्चालन गरेको भन्दै २०२१ देखि वार्ता हुन सकेको थिएन । इथियोपियाले सन् २०११ मा यो बाँध परियोजना शुरु गरेको थियो ।

यसबाट ६ हजार मेगावाट भन्दा बढी बिजुली उत्पादन गर्ने अपेक्षा गरिएको थियो । नाइल नदीको खण्डमा बनेको बाँध सञ्चालन गर्न सहमति हुनुपर्ने जोड दिँदै आएपनि सहमति हुन नसकेको हो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *