नेकपाबारे सर्वोच्चको आदेशपछि अर्को पार्टी दर्ता गर्न धेरै कोसिस गर्दा पनि प्रचण्ड मानेनन् : ओली – Nepal Press

नेकपाबारे सर्वोच्चको आदेशपछि अर्को पार्टी दर्ता गर्न धेरै कोसिस गर्दा पनि प्रचण्ड मानेनन् : ओली

‘एमाले फुटाउन निर्वाचन आयोग, तत्कालीन सभामुखसहितको गिरोह लागे’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा सर्वोच्च अदालतले नभएर प्रचण्डले फुटाएको आरोप लगाएका छन् ।

काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड कम्युनिष्ट पार्टीलाई कमजोर पार्न लागेको बताए ।

उनले भने, ‘अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरिएको छ, त्यो ठीक होइन । अदालतले ऋषि कट्टेलले त्यही नाममा पहिले नै दर्ता गराइसकेको हुँदा अर्को नाम दर्ता गर्न आऊँ भनेको थियो । अर्को नाम लिएर दर्ता गर्न मैले अनेक कोसिस गर्दा पनि प्रचण्डले मानेनन् । नाम अर्को लिएर भोलिपल्ट दर्ता गरेको भए हुन्थ्यो ।’

प्रचण्ड अलग भएपछि निर्वाचन आयोग, सभामुख र माधव नेपालहरुको साँठगाँठमा एमाले फुटाएर लगेको उनले बताए ।

लाज, शरम छाडेर निर्लज्ज भएर पार्टी फुटाएर लगेको ओलीको भनाइ छ । एमाले तलैसम्म फुटाउने षड्यन्त्रमा निर्वाचन आयोग पनि लागेको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर