राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्ने – Nepal Press

राजतन्त्र र हिन्दूराष्ट्रको माग गर्दै राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुन:स्थापना र नेपाललाई हिन्दूराष्ट्र कायम गर्न माग गर्दै आन्दोलनमा उत्रिने भएको छ ।

सोहीअनुसार २९ भदौमा काठमाडौंमा धर्मनिरपेक्ष र गणतन्त्रविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सोमबार बसेको राप्रपा नेपालको बैठकले प्रदर्शनलाई प्रभावकारी र योजनावद्ध रुपमा सम्पन्न गर्न समितिहरु गठन गरिएको छ ।

अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा भ्रष्ट व्यवस्था भएको भन्दै अन्त्यको लागि व्यापक जनपरिचालन गर्न निर्देशन दिइएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर