वाग्नरका लडाकुलाई रुससँग वफादार हुन पुटिनको उर्दी – Nepal Press

वाग्नरका लडाकुलाई रुससँग वफादार हुन पुटिनको उर्दी

काठमाडौं । भाडाका सैनिकहरू प्रयोग गरेर बनेको रुसको सैन्य संगठन वाग्नर समूहका लडाकुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसप्रति वफादारीता देखाउन उर्दी गरेका छन् ।

बीबीसीका अनुसार वाग्नरका लडाकुलाई रुसी पक्षको शपथ खान पुटिनले उर्दी जारी गरेका हुन । बुधवारको निजी जहाज दुर्घटनामा वाग्नर प्रमुख येभ्जेनी प्रिगोजिन लगायत प्रमुख कमान्डरहरूको मृत्यु भएसँगै पुटिनको यस्तो उर्दी सार्वजनिक भएको हो । यो उर्दी तत्काल लागु हुनेगर शुक्रवार जारी भएको हो ।

पुटिनको आग्रहसँगै वाग्नर अन्तर्गतकै समूह रुसीचले शनिवार युक्रेनको सैन्य अपरेसन अन्त्य गरेको बताएको छ । रुसीचले टेलिग्राम सन्देश दिएर रुसको विदेश मन्त्रालयले आवश्यक रकम नदिएर समस्या भएको बताएको छ ।

दुई महिना अगाडि भएको वाग्नर समूहको सैन्य विद्रोहपछि पुटिनको शक्ति हातमा ल्याउने बलियो अभ्यासका रूपमा यसलाई लिइएको बिबिसीले लेखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर