सिरहामा हुने भनिएकाे एमाले सचिवालय बैठक स्थगित
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०८० भदौ ८ गते १५:२५
![](https://www.nepalpress.com/wp-content/uploads/2023/08/uml-sachiwalaya-29-saun.jpg)
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । भोलि सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा बस्ने भनिएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
निरन्तर वर्षासँगै बाढीपहिरो आइरहेकाले जान नसकिने भएकाले बैठक स्थगित गरेको उनले बताए । अर्को बैठकको मिति चाँडै तय गर्ने उनको भनाइ छ ।
मदन भण्डारीलाई नेतृत्वमा स्थापित गरेर माओ विचारधारा विस्थापन गरेको ऐतिहासिक स्थलमा एमालेको सचिवालय बैठक बस्ने तयारी थियो ।
२०४६ साल भदौ ९ देखि १४ गतेसम्म चलेको महाधिवेशनबाट २० सदस्यीय केन्द्रीय कमिटी चयन भएको थियो ।
प्रतिक्रिया