घुस लिएर सीमाबाट सामान छिराएका सशस्त्र प्रहरीका जवान दोषी ठहर – Nepal Press

घुस लिएर सीमाबाट सामान छिराएका सशस्त्र प्रहरीका जवान दोषी ठहर

काठमाडौं । भारतीय सीमा क्षेत्रमा नेपालभित्र सामान छिराएबापत ७ हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवान मुख्तार देवान दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रबार देवानलाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको हो ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको महेशपुर सीमा नाकाबाट सामान खरिद गरेर ल्याउन सहजीकरण गरिदिने भन्दै देवानले ७ हजार रुपैयाँ घुस मागेको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *