घनश्यामको आरोप- ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दाको परम्परा बन्यो (भिडिओ) – Nepal Press

घनश्यामको आरोप- ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दाको परम्परा बन्यो (भिडिओ)

ओलीभन्दा १० हात अघि बढेर नयाँ र स्वतन्त्रहरू निन्दा भर्त्सना र गालीगलौजको राजनीतिमा स्थापित हुन थालेको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले केपी ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा, निन्दा, गालीगलौज र भर्त्सना परम्परा विकास भएको आरोप लगाएका छन् ।

नेकपा एसनिकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव भुसालले पछिल्लो समय ओेलीलाई माथ गर्ने ढंगले निन्दा र भर्त्स्ना गर्नेहरु नेपालको राजनीतिमा उदाइसकेको बताए ।

भुसालले भने, ‘कमरेड ओलीको उदयपछि नेपालको राजनीतिमा घृणा, निन्दाको भर्त्सना, गालीगलौजको संस्कृति परम्परा बन्दै गयो । अहिले आजीभन्दा दश हात निन्दा भर्त्सना अरु नै आइसके । बुढो प्रतिनिधिको ठाउँमा जवान प्रतिनिधिहरू आएका छन् ।’

भुसालले ओलीले जे गरे अझै १५ वर्ष आफूले विद्यार्थीहरूलाई त्यसबारे पढाउने बताए । रास्वपा र स्वतन्त्र मेयरहरूप्रति लक्षित गर्दै भुसालले निन्दा र गालीगलौजबाट राजनीतिमा स्थापित हुने परम्परात विकास भएकाले अनेरास्ववियूले संस्कारसहितको राजनीतिको अभियान चलाउनुपर्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “घनश्यामको आरोप- ओलीको उदयपछि नेपाली राजनीतिमा घृणा र निन्दाको परम्परा बन्यो (भिडिओ)

  1. पाईलैपिच्छे ओलिलाई गाली गर्ने तँ अनि ओलिले घृणा र निन्दाको राजनीति गरे ? अलिकति लाज भन्ने कुरा पनि मान क्या । अब सकिने बाहेक तँजस्ताको अरू बिकल्प नै छैन ।

  2. केपि ओलीकाे उदय भएको थियाे र त चिनतिरका सबै नाकाहरु खाेल्ने, अपग्रेड गर्नु पर्नेलाई अप ग्रेडगर्ने, नयाँ नाका खाेल्ने ठाउँमा खाेलि हाल्ने र ती नाकाहरु मध्येबाट चारवटा नाकाबाट चिनिया समुद्र सम्म जानपाउने गरि पारबहन तथा बाणिज्य सन्धि गरे! २०३२ सालसम्म नेपालकै नक्शामा रहि रहेकाे लिम्पियधुरा, कालापानि र लिपुलेककाे नक्शा
    भारत तिर पारि नेपाली नक्शा र सार्बभौमसत्ता लाई खुम्च्याई दिएकोमा ओलीकाे नेत्रित्वमा पुन: नेपाली राष्ट्रिय नक्शामा समाबेश गराईयाे, ओली कै नेत्रित्वमा ब्यबहारत नेपालकाे सँबिधान जारि गरियाे र भारतिय नाकाबन्दिकाे डटेर सामाना ओलीकै नेत्रित्वमा भयाे! माधब नेपाल र घनश्यामहरुकाे साथ सहयोग पाएकाे भए अझै कति कामहरु गर्दथे हाेला! तपाईहरु नै हाेईन आफ्नै पार्टि अध्यक्षबाट टिकट पाएर जितेर तपाईहरुकै आफ्नै पार्टि एमाले र एमालेकै अध्यक्ष प्रधानमन्त्री भएको बेलामा उहाँलाई हटाई बिपक्षि दलका नेतालाई प्रधानमन्त्री बनाउन सर्बोच्चमा मुद्वा हाल्ने तपाईं पनि एक हाेईन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर