तरकारीको बजार भाउ : गोलभेँडा सस्तियो, प्याजको कति ? (सूचीसहित) – Nepal Press

तरकारीको बजार भाउ : गोलभेँडा सस्तियो, प्याजको कति ? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ८०, भारतीय ठूलो गोलभेँडा १००, टनेल गोलभेँडा सानो ५५, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल ८०, काउली स्थानीय प्रतिकेजी ५०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३६, लौका ८०, हरियो फर्सी ८०, घिरौला ६० कायम भई कारोबार भइरहेको छ । एक सातामा ठूलो गोलभेँडा झण्डै ६० रूपैयाँ सस्तो भएको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५०, बन्दा लोकल ४५, गाँजर १००, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ९०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १६०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा १४०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५०, केरा दर्जन १३०, अनार ३०० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रूपैयाँमा खरिदबिक्री भइरहेको छ ।

लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २४०, भारतीय प्याज सुकेको ७३, लसुन हरियो २००, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०, अम्बा १२०, जुनार ३००, तोफु ११०, पिंडालू ६०, तामा ९०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

One thought on “तरकारीको बजार भाउ : गोलभेँडा सस्तियो, प्याजको कति ? (सूचीसहित)

  1. नेपाली गाेलभेडा, भारतिय गाेलभेडा, टनेलकाे गाेलभेंडा, स्थानिय गाेलभेडा उपभाेक्ताले कसरी चिन्ने । जुन गाेलभेडा सबभन्दा महगाे दररेटकाे हुन्छ त्यहि रेटमा व्यापारीहरूले स्वभाविक रूपमा बेच्दछन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर