प्रधानमन्त्रीसँग देउडा खेल्दै देउवासहित सुदूरपश्चिमेली नेताहरु (तस्बिरहरु/भिडिओ) – Nepal Press

प्रधानमन्त्रीसँग देउडा खेल्दै देउवासहित सुदूरपश्चिमेली नेताहरु (तस्बिरहरु/भिडिओ)

काठमाडौं । गौरा पर्वको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायत नेताहरुले देउडा गीतमा नाचेका छन् ।

काठमाडौं टुँडिखेलमा आयोजित समारोहमा सुदूरपश्चिमका नेताहरुले देउडा खेलेका हुन् । उनीहरुले एक अर्कामा हातमा हात बाँधेर देउडामा रमाएका हुन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री एनपी साउद, नेकपा एमालेका नेता भीम रावल, कांग्रेसका नेता रमेश लेखकलगायत दर्जन नेताहरुले देउडा खेल्दै रमाइलो गरेका थिए ।

गौरा एवम दुर्वाष्टमी पर्व उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले मनाएका हुन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्टमीमै मनाउने गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर