बारा बस दुर्घटनाका घाइते भन्छन्- चालकले होटलमा मदिरा पिएका थिए


हेटौँडा । चुरीयामाई दुर्घटनाका घाइते धरम सिंहले सवारी चालकले होटलमा खाना खाने क्रममा मदिरा सेवन गरेको बताएका छन् ।
होटलमा मदिरा सेवनपछि उनले सवारी द्रुतगतिमा चलाएको र चुरीयामाई मन्दिर ओरालोमा आएपछि आफू हाम्फालेर भागेको बताए ।
सवारी चालको लापरबाहीले दुर्घटना भएको उनको भनाइ छ ।
दुर्घटनापछि फरार रहेका चालकलाई प्रहरीले धनुषाबाट पक्राउ गरेको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका २२ चुरियामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा मृत्यु एक नेपालीसहित ७ जनाको मृत्यु भएको छ।
काठमाडौंबाट जनकपुर तर्फ आउँदै गरेको प्रदेश ०३-००१ ख ७९९४ नम्बरको बस आज बिहान करिब अढाई बजे दुर्घटनामा परेको हो ।