सत्तामा भएपछि माओवादीको राजनीति बर्बाद हुँदै गएको छ: महासचिव पोखरेल (भिडिओ) – Nepal Press

सत्तामा भएपछि माओवादीको राजनीति बर्बाद हुँदै गएको छ: महासचिव पोखरेल (भिडिओ)

सुर्खेत । नेकपा एमाले पार्टीका महासचिव शंकर पोखरेलले राष्ट्र विकास र समृद्धका लागि नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने दाबी गरेका छन् ।

बुधबार वीरेन्द्रनगरमा नेकपा एसका जिल्ला अध्यक्षसहितको सिंगो कमिटीलाई भित्र्याउँदै महासचिव पोखरेलले एकीकृत समाजवादीका समाजवादीका सदस्य तथा पदाधिकारीहरूलाई समय खेर नफाल्न आग्रह गरेका छन् ।

उनले देशको समाजवादको यात्राका लागि एमालेलाई बलियो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्नका लागि एमालेमा समाहित हुन् आग्रह गरे ।

नेकपा माओवादीका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गलत नीतिका कारण राष्ट्रिय मूलधारलाई समायोजन गर्न, चुनावी तालमेल र पार्टी एकताबाट नेकपा गठन गरेको यात्रा अवरुद्ध भएको उनको जिकिर थियो ।

माओवादीको राजनीति भविष्य सत्तामा भएपछि बर्बाद भइरहेको भन्दै उनले माओवादीका नाममा समाजवादको यात्रा सम्भव नभएको दाबी गरे ।

पोखरेलले भने,` माओवादीले नेतृत्व गरेको सरकार समाजवादको यात्रामा होइन दलाल, नोकरशाह र पूँजीवादी तन्त्रलाई प्रबर्द्धन गर्ने, तस्करी तन्त्रलाई प्रबर्द्धन गर्ने र सरकारका नाममा बदनाम भइरहेको हुँदा समाजवादको यात्रामा अगाडि बढ्नका लागि सम्पूर्ण नेकपा माओवादीका कार्यकतालाई बलियो कम्युनिस्ट आन्दोलन निर्माणका लागि नेकपा एमालेमा समाहित हुन् आह्वान गर्न चाहान्छु ।

यस्तै, नेकपा एकीकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवालले एमालेमा प्रवेश गर्दै पछिल्लो समय अरुको खुट्टामा टेकेर पार्टीको विधि र सिद्धान्त बिर्सँदै गएपछि आफू मूलघर फर्किएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर