यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुरका बञ्जाडेलाई दिइने – Nepal Press

यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुरका बञ्जाडेलाई दिइने

काठमाडौं । यस वर्षको आर्थिक पत्रकारिता पुरस्कार कान्तिपूर दैनिकका वरिष्ठ उपसम्पादक यज्ञ बञ्जाडेलाई प्रदान गरिने भएको छ ।

लघुवित्तका पिता भनेर चिनिने स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित उक्त पुरस्कार पन्तको आठौं वार्षिक पुण्यस्मृति दिवस पारेर भदौ २१ गते बिहीबार बञ्जाडेलाई प्रदान गरिनेछ ।

जीवनका अधिकांश सयम देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवद्र्धक डा.हरिहरदेव पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको थियो । डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकार वा संघ, संस्थालाई आर्थिक पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।

यसअघि उक्त पुरस्कार प्रत्येक वर्ष क्रमशः नेपाल आर्थिक पत्रकार समाज (सेजन), श् गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा तथा बिजय राज खनाल लाई प्रदान गरिएको थियो । पुरस्कारको राशी ५० हजार रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *