जनमतका अध्यक्ष सीके राउत र भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता – Nepal Press

जनमतका अध्यक्ष सीके राउत र भाजपाका विदेश विभाग प्रमुख चौथाईवालेबीच भेटवार्ता

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाईवालेसँग भेटवार्ता गरेका छन् ।

उनीहरुबीच भारतको नयां दिल्लीस्थित भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।

पछिल्लो समय सीके राउतले भारतसँग सम्बन्ध कायम गर्न खोजेका छन् भने भारतले पनि मधेशमा भरपर्दो र बलियो शक्ति आफूसँग संवादमा राख्न खोजेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवको सम्बन्ध दिल्लीसँग सुमधुर छैन भने लोसपा कमजोर भएका कारण जनमत पार्टीसँग दिल्लीले संवाद सघन बनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर