अनेरास्ववियु कोशीको अध्यक्षमा तीनजनाको दाबी, सचिवमा को-को ? – Nepal Press

अनेरास्ववियु कोशीको अध्यक्षमा तीनजनाको दाबी, सचिवमा को-को ?

विराटनगर । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन नजिकिएसँगै उम्मेदवारका आकांक्षी बढ्न थालेका छन् । अधिवेश भदौ १५-१६ गते विराटनगरमा हुँदैछ ।

अध्यक्षका लागि अहिलेसम्म मुख्यत: दुईजनाको नाम चर्चामा छ । सुनसरीका जीबी गजल र मोरङका सन्तोष घिमिरे प्रतिस्पर्धी देखिएका छन् । आयोजक कमिटीका अध्यक्ष गोकर्ण घिमिरेले पनि अध्यक्षमा आफ्नो दाबी रहेको बताए ।

नेताहरूका अनुसार अध्यक्षका लागि जीबी र सन्तोषबीच प्रतिस्पर्धाको सम्भावना छ । जीबी सुनसरीको विद्यार्थी आन्दोलनबाट स्थापित भएका हुन् भने घिमिरे मोरङको विद्यार्थी राजनीतिबाट आएका हुन् । जीबीले सुनसरी जिल्ला अध्यक्ष केन्द्रीय सदस्य र सचिवालय सदस्य भएर काम गरिसकेका छन् ।

पोखरेल पनि मोरङका पूर्वअध्यक्ष हुन् । दुवैजनाले आफ्नो सशक्त दाबी सुनाए ।

यस्तै सचिव पदका लागि भने आधा दर्जन बढी आकांक्षी देखिएका छन् । सचिवका लागि तुलसी घिमिरे (मोरङ), नारायण पोखरेल (झापा), अशोक खतिवडा (इलाम), अंकित थापा (धनकुटा), नवराज घिमिरे (भोजपुर) , लक्ष्मीभक्त पोखरेल (मोरङ) आकांक्षी देखिएका छन् ।

अनेरास्ववियुले अधिवेशनको तयारीलाई तीव्र बनाएको छ । अधिवेशन सम्पन्न गर्नका लागि गोकर्ण घिमिरेको संयोजकत्वमा मूल आयोजक कमिटी बनेको छ भने आठ वटा उपसमिति गठन भएका छन् ।

अधिवेशले आयोजक कमिटीको संख्या घटाएर ५१ सदस्यीय बनाउने छ । यस्तै ९ जनाको पदाधिकारी बन्नेछ । जसमा अध्यक्ष, उपाध्यक्ष (२), सचिव, सहसचिव (४) र कोषाध्यक्ष रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर