नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, नेताहरूले आफ्नो धारणा राख्ने – Nepal Press

नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि बस्दै, नेताहरूले आफ्नो धारणा राख्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज बिहान ८ बजे फेरि बस्दैछ । हिजोबाट सुरु भएको छैटौँ बैठकमा प्रस्तुत भएका विभिन्न प्रतिवेदनमा छलफल जारी रहेको छ ।

हिजोको बैठकमा राजनीतिक प्रतिवेदन लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेश गरिएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक वैचारिक दृष्टिकोण, नेपाली समाजको विशिष्ट अवस्था, भूराजनीतिक परिस्थिति, समाजवादी व्यवस्थालगायत विषय उल्लेख गरिएको छ ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा नेकपा (एमाले) बाट अलग हुनुको औचित्य पुष्टि भएको भनिएको छ । उक्त प्रतिवेदनमा सम्मानित नेता झलनाथ खनालले फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरे ।

बैठकमा अन्य नेताहरूले राजनीतिक प्रतिवेदनमा आज धारणा राख्नेछन् । पार्टी मातहतका कमिटी तथा जन वर्गीय सङ्गठनले गरेका कार्यप्रगतिको समीक्षा गरिने बैठकमा पार्टीका भावी योजनाबारे आवश्यक रणनीति तय गरी त्यसलाई अनुमोदन गरिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर