‘जय हो’ले अष्ट्रेलियामा पायाे ८७ शो – Nepal Press

‘जय हो’ले अष्ट्रेलियामा पायाे ८७ शो

काठमाडौं । यही भदौ ८ गतेदेखि नेपाललगायत विश्वभर प्रदर्शन हुन लागेको फिल्मले अष्ट्रेलियामा ८७ सो पाएको छ । अष्ट्रेलियाको क्यान्बेरा, तास्मानिया, भिक्टोरियालगायत अष्ट्रेलियाको ८ मुख्य सहर हरुमा फिल्म ‘जय हो’ प्रदर्शन हुदैछ ।

फिल्मलाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । निर्देशक राई पनि यो फिल्मबाट बक्सअफिसमा सफल हुने आशमा छन् । सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको फिल्ममा केकी र सलोनका अलवा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ । आगामी भाद्र ८ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर