रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरूको बैठक, उपप्रधानमन्त्री खड्कासँग मन्त्रालयगत कामबारे छलफल – Nepal Press

रक्षा मन्त्रालयमा कांग्रेसका मन्त्रीहरूको बैठक, उपप्रधानमन्त्री खड्कासँग मन्त्रालयगत कामबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका मन्त्रीहरू छलफलमा जुटेका छन् । सरकारमा पार्टीबाट प्रतिनिधित्व गरेका मन्त्रीहरू अनौपचारिकरूपमा सामूहिक छलफलमा जुटेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका ९ मन्त्री सहभागी छन् । अर्थमन्त्री देशबाहिर भएकाले उनीबाहेकका मन्त्रीहरूबीच छलफल भएको हो ।

मन्त्रालयगत कामकारबाही, समन्वय तथा आगामी योजनाको विषयमा उपप्रधानमन्त्री खड्काले मन्त्रीहरूसँग जानकारी लिएको बताइएको छ ।

छलफलमा उपप्रधानमन्त्री खड्का, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, कानूनमन्त्री धनराज गुरुङ, परराष्ट्रमन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजाल, सहरी विकासमन्त्री सीता गुरुङ, खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला तथा बालबालिकामन्त्री सुरेन्द्र आचार्य सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर