माधव नेपालको राजनीतिक प्रतिवेदन- गठबन्धनको विकल्प नसोच्ने, जबज छाड्न नसक्ने (पूर्णपाठ) – Nepal Press

माधव नेपालको राजनीतिक प्रतिवेदन- गठबन्धनको विकल्प नसोच्ने, जबज छाड्न नसक्ने (पूर्णपाठ)

एमाले, रास्वपा र राप्रपाको तीव्र आलोचना, समाजवादी मोर्चा र सत्ता गठबन्धन नेकपा एसको शक्तिका स्रोत

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन र समाजवादी मोर्चाबाट बाहिर निस्कने अवस्था नरहेको भन्दै पार्टी पङ्क्तिलाई सोही बमोजिम अघि बढ्न आह्वान गरेका छन् ।

नेकपा एसको आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३९ पेज लामो राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाजस्ता शक्तिको आलोचना गर्दै गठबन्धन जोगाउनुपर्नेमा जोड दिएका हुन् ।

राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि भएको भन्दै एमाले र नेकपा एसबीच के फरक छ भन्ने विषयलाई समेत बुँदागतरुपमा प्रतिवेदनमा उल्लेख गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पश्चिमा शक्तिहरूले नेपाललाई चीनविरुद्ध खडा गर्न खोजेको प्रतिवेदनमा उल्लेख गरेका छन् ।

त्यस्तै राजनीतिक प्रतिवेदनमा उनले जनताको बहुदलीय जनवादको औचित्य अझै रहेको भन्दै पार्टीले सो विचार छाड्न नसक्ने जनाएका छन् । जबकि झलनाथ खनाल र घनश्याम भुसाललगायतका नेता जबजको चरण समाप्त भएको बताइरहेका छन् ।

भदौ ५ देखि ७ गतेसम्म चल्ने बैठकमा नेपालले पेश गरेको राजनीतिक दस्ताबेज नेपाल प्रेसले प्राप्त गरेको छ ।

दस्ताबेजको पूर्णपाठ यस्तो छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर