जब मेस्सीले ट्रफी उचाल्न पूर्व कप्तान येडलिनको पाखुरामा आर्म ब्यान्ड लगाइदिए – Nepal Press

जब मेस्सीले ट्रफी उचाल्न पूर्व कप्तान येडलिनको पाखुरामा आर्म ब्यान्ड लगाइदिए

काठमाडौं । लिग्स कपको फाइनलपछि शनिबार पुरस्कार वितरणको समारोह तयारी हुँदै थियो । विजेता इन्टर मियामीका कप्तान लियोनल मेस्सी टोलीका सदस्य डीआन्द्रे येडलिनलाई खोज्दै उनी नजिक पुगे ।

आफूले पाखुरामा लगाइरहेको कप्तानको आर्मब्यान्ड फुकालेर उनले येडलिनको पाखुरामा लगाइदिन खोजे । त्यतिबेला येडलिन ‘नाइ नाई’ भनिरहेका थिए ।

मेस्सी चाहन्थे- येडलिनले ट्रफी उचालुन् । हुन पनि ट्रफी लिन बेला उनले येडलिनलाई बोलाए। येडलिनले नै ट्रफी बोकेर टिम बसिरहेको ठाउँमा लगे। येडलिनले दुई हातले ट्रफी उचालेर सेलिब्रेसन गरेका थिए भने मेस्सीले नजिकै छोएर साथ दिए ।

येडलिन, मेस्सी आउनुअघि मियामीको कप्तान थिए। मियामीले शनिबार नासभिल एससीलाई हराएर पहिलोपटक कुनैपनि प्रतियोगिताको उपाधि जितेको हो । मेस्सीले सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता दुवै अवार्ड हात पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर