वर्षमानको दाबी- एमालेको जनमत घटेको छ, यही मौकामा हामी संगठन सदृढीकरण गर्छौं – Nepal Press

वर्षमानको दाबी- एमालेको जनमत घटेको छ, यही मौकामा हामी संगठन सदृढीकरण गर्छौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासपचिव वर्षमान पुन अनन्तले प्रमुख प्रतिपक्षी एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको टिप्पणी गरेका छन् ।

पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्ष सत्ता बाहिर बस्नुपर्दा एमाले छट्पटिएको बताए ।

एमालेले जे सुकै विषयमा सदन अवरुद्ध गरेर जनताको आवाज बुलन्द गर्ने थलो संसदलाई बन्दी बनाउनुको कारण सोही छटपटीको अभिव्यक्ति भएको उनको भनाइ थियो ।

आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकारले सुशासनका पक्षमा र भ्रष्टाचार अन्त्यका लागि चालेका कदममा यो वा त्यो नाममा विरोध गरेर एमालेले आफूलाई जनताको नजरमा गिराउने काम गरेको आरोप पुनले लगाए ।

नेता पुनले एमालेको जनमत घटेको भन्दै यही मौकामा माओवादीले संगठन सुदृढीकरणको मौकाका रुपमा उपयोग गर्ने बताए ।

सरकारले गरेका राम्रा काम लिएर आफूहरु जनतामा जान र त्यसलाई संगठित शक्तिमा बदल्न केन्द्रीय समिति बैठकले तीन महिने अभियानको कार्यक्रम ल्याएको उनले बताए ।

सरकारको कामका कारण जनताले फेरि एकपटक माओवादीतर्फ विश्वासको नजरले हेरेको दाबी गर्दै उनले त्यसलाई संगठनात्क शक्तिमा बदल्न पार्टी पंक्तिलाई निर्देशन दिए ।


प्रतिक्रिया

One thought on “वर्षमानको दाबी- एमालेको जनमत घटेको छ, यही मौकामा हामी संगठन सदृढीकरण गर्छौं

  1. तिमीहरू शुन्यमा झरिसक्यौ । अहिले त भ्रष्टाचार गर्ने र लुकाउने माओवादी भनेर प्रमाणित नै भैसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर