सदन अवरोधमा सरकार र प्रतिपक्ष दुवै दोषीः शेखर कोइराला (भिडिओ) – Nepal Press

सदन अवरोधमा सरकार र प्रतिपक्ष दुवै दोषीः शेखर कोइराला (भिडिओ)

काठमाडौं । सत्तागठबन्धन प्रमुख घटक नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसद बैठक चल्न नदिन सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन् ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासामा उनले संसद तत्काल सुचारु गराउन संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह गरे । देश र जनताको कुरा गर्न थलो भएकाले संसद बैठक छिटोभन्दा छिटो सुचारु गरानुपर्ने कोइरालाको भनाइ थियो ।

नेता कोइरालाले भने, ‘संसद छिटोभन्दा छिटो चल्नुपर्छ । अब पर्सि बैठक बोलाइएको छ । हेरौँ, के गर्नुहुन्छ ? यो एमाले, माओवादी र कांग्रेसको कुरै होइन । यो नेशनको कुरा हो । देशको कुरा हो । राष्ट्रको कुरा हो । संसद चल्नुपर्छ । म एउटा सांसद हो नेपाली कांग्रेसको । हाम्रो सभापतिजी, जो संसदीय दलको नेता हुनुहुन्छ । उहाँहरूले कोअर्डिनेट गर्ने कुरा हो । सरकारले कोअर्डिनेट गर्ने कुरा हो । हामीहरू त आउँछौं । यी यस्तै भइराखेको छ । संसद चलाउनु पर्‍यो । संसदीय व्यवस्थामा प्रतिपक्षले सत्तापक्षलाई एट्याक गर्ने, गाली गर्ने । अनि, सत्तापक्षले पनि भन्ने-प्रतिपक्षले गर्न दिएन भनेर । चल्न दिएन भन्ने । तर, हामी दुईटै दोषी हौं । यो सरकारले गर्ने काम हो । प्रतिपक्षले गर्ने काम हो । यो नेपाली कांग्रेस, एमाले, राप्रपा वा कुनै पार्टीको कुरा होइन नि । ’

सदन चलाउने कुरा देश र जनताका लागि आवश्यक भएकाले त्यस्ता कुरामा राजनीतिक दलहरूले अडान लिन नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर