ओलीले फेरि सोधे- तपाईंले ‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्नुभयो ? – Nepal Press

ओलीले फेरि सोधे- तपाईंले ‘केपी बा’ युट्युब च्यानल सब्सक्राइब गर्नुभयो ?

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो युट्युब च्यानल सब्सक्राइब गर्न पुनः आग्रह गरेका छन् । आफ्नो जीवनका सङ्घर्षहरूका अनुभवहरू साट्न युट्युब च्यानल सुरु गरेको बताउँदै उनले च्यानल सब्सक्राइब गर्न आग्रह गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘म दुर्गम गाउँको मध्यम वर्गीय परिवारमा जन्मिएको मान्छे । हाम्रोतिर मान्छेले सपना नै देख्दैन थिए । हाम्रा सपनाहरूलाई त्यहाँको दुर्गमताले छेकिदिन्थ्यो । तर, मैले त्यस्तै परिस्थितिमा बाँचिरहन चाहिनँ । जीवनमा कहिल्यै कसैले नहिँडेका बाटोहरू हिँड्ने आँट गरें । त्यो समयदेखि आजसम्म मैले गरेका सङ्घर्षहरू धेरै छन् । तिनै सङ्घर्षहरूका अनुभवहरू तपाईंसँग साट्न मैले युट्युब च्यानल सुरु गरेको छु ।’

उनले तपाईंले च्यानल सब्सक्राइब गर्नुभयो ? भन्दै प्रश्न गरेका छन् । ओलीले यसअघि पनि आफ्नो च्यानल सब्सक्राइब गर्न अनुरोध गर्दै फेसबुकमा लेखेका थिए । ४० भिडिओ राखेको ओलीको ‘केपी बा’ च्यानल अहिलेसम्म १३ हजार १ सय जनाले सब्सक्राइब गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर