वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन संसदीय समितिको निर्देशन – Nepal Press

वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन संसदीय समितिको निर्देशन

काठमाडौं । वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीति बनाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिले समितिको शुक्रवार बसेको बैठकले वन पैदावारको व्यवस्थित उपयोगका लागि भएका कानूनलाई समसामयिक बनाउन निर्देशन दिएको हो ।

जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगका लागि प्रभावकारी नीति बनाउन र कानून समसामयिक बनाउनुपर्ने सुझाव दिएको समिति सभापति प्रकाश पन्थले जानकारी दिए । उनका अनुसार जलवायु परिवर्तन र यसले पुर्याएको असर तथा प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्न पनि सरकारलाई सुझाव दिइएको छ ।

सभापति पन्थले भने, ‘जलवायु परिवर्तन यसले पुर्याएको असर र प्रभाव कम गर्न आवश्यक नीति नियम तर्जुमा गर्नुपर्ने देखियो। संघ, प्रदेश र स्थानीय तहको सरकारलाईअझै बलियो र प्रभावकारिता बनाउनुपर्ने छलफलको निष्कर्ष रह्यो । वन संरक्षणमा भएको प्रगतिसँगै यसको सदुपयोग गर्ने कुरा कार्बन व्यापारबाट प्राप्त हुने सहयोग सम्बन्धित क्षेत्रमा नै खर्च गर्नुपर्ने देखिन्छ । नेपालका मुद्दालाई विश्वसामु बलियो रूपमा उठाउनुपर्ने देखिन्छ ।

जैविक विविधताको संरक्षण गर्दै वन पैदावारको व्यवस्थित उपयोगमा प्रभावकारी नीतिहरू बनाउने र कानूनहरु समसामयिक बनाउनुपर्ने सुझाव दिएको छ। अन्तर मन्त्रालय समन्वयको अभाव देखिएको छ। ’ सभापति पन्थले विश्व जलवायु सम्मेलनमा नेपालले प्रभावकारी तवरबाट सहभागी हुनेगरी मुद्दा विश्वसामु उठाउन र आपसी सहयोग गरी तयारी गर्न पनि वन मन्त्रालयलार्ई निर्देशन दिइएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *