विषालु च्याउ खाएर बिरामी आमाछोरीको मृत्यु – Nepal Press

विषालु च्याउ खाएर बिरामी आमाछोरीको मृत्यु

रुपन्देही । दाङमा जंगली विषालु च्याउ खाएर बिरामी भएका आमाछोरीको मृत्यु भएको छ । बुवाको भने उपचार भइरहेको छ ।

जंगली च्याउ खाएर गम्भीर बिरामी भएका बंगलाचुली गाउँपालिका-४ मैकुटीकी २७ वर्षीया ईश्वरी सुनार र उनकी ११ वर्षीया छोरीको उपचारका क्रममा मुत्यु भएको हो । मृतकका श्रीमान अजय सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

च्याउ खाएर बिरामी परेकी सुनारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजनकुमार गौतमले बताए । ११ वर्षीया छोरी अस्मिता सुनारको बुधबार नै उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो ।

साउन २९ गते जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु तीनै जना बिरामी परेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *