आरती र कविताको हत्याविरुद्व जनकपुरधाममा युवाहरुको प्रदर्शन (भिडिओ) – Nepal Press

आरती र कविताको हत्याविरुद्व जनकपुरधाममा युवाहरुको प्रदर्शन (भिडिओ)

जनकपुरधाम । आरती साह र कबिता यादवको हत्याविरुद्ध आज युवाहरुले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

पीडितलाई न्याय दिन प्रशासन आलटाल गरिरहेको भन्दै विभिन्न दलका युवाहरु आज जनकपुरधाममा प्रदर्शन गरेका हुन् । मनिष ठाकुरको अगुवाईमा भएको प्रदर्शनमा युवाहरुले आरती र कविताको हत्यारालाई कडा कारबाही गर, पीडितलाई न्याय देउ, प्रहरी प्रशासन मुर्दाबाद जस्ता नारा लगाएका थिए ।

जनकपुरधाम ९ थापाचोककी २२ वर्षीया आरती साहको गत जेठ ७ गते रहस्यमय मृत्यु भएको थियो । आरतीको हत्या दाईजोको निहुँमा उनकै श्रीमान र ससुराले गरेको भन्दै कर्तव्य ज्यान मुद्दा दर्ता माइती पक्षले गराएका छन् ।

मृतक आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन साहलाई अदालतले पूर्वपक्षका लागि जेल चलान गरेको छ । तर प्रहरी अधिकारीले आर्थिक प्रलोभनमा परेर मुद्दा कमजोर पार्न खोजेको भन्दै माइती पक्ष दुई महिनादेखि काठमाडौंमा आन्दोलनरत छन् ।

लामो समयदेखि आरतीको माइती पक्षले आन्दोलन गर्दा पनि सरकार बेवास्ता गरेको र प्रहरी उल्टै दमन गरेपछि जनकपुरधामका युवाहरु प्रदर्शनमा उत्रेका हुन् ।

महोत्तरीकी कविताको पनि दाइजोकै निहुंमा हत्या भएको माइती पक्षले आरोप लगाएको छ । उक्त घटनामा पनि संलग्नलाई कडा कारबाही गर्नुपर्ने युवाहरुले माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *