नेकपा एसमा असन्तुष्ट रामकुमारी झाँक्री र एमाले नेता भट्टराईबीच भेटवार्ता – Nepal Press

नेकपा एसमा असन्तुष्ट रामकुमारी झाँक्री र एमाले नेता भट्टराईबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका नेता खिमलाल भट्टराई र नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच भेटवार्ता भएको छ। बिहिबार भट्टराई र झाँक्रीबीच भेटवार्ता भएको हो।

नेकपा एसकी सचिव झाँक्रीसँगको भेटबारे जानकारी गराउँदै नेता भट्टराईले फेसबुकमा लेखेका छन्, ‘विद्यार्थी आन्दोलनको एउटा विशेषता छ, जो जहाँ भए पनि भेटेपछि अपनत्व र हार्दिकताको अनुभूति हुन्छ।’

एमाले विभाजनको बेलामा माधव नेपाललाई बलियो साथ दिएकी झाँक्री पछिल्लो समय पार्टीमा सक्रिय छैनन्। उनी एमाले फर्किन लागेको पनि चर्चा छ।

झाँक्रीले केन्द्रीय सचिवजस्तो जिम्मेवारी पाउँदासमेत पार्टी निर्माणको काममा नलागेको भन्दै अध्यक्ष नेपालसहित नेतृत्वपंक्ति पनि सन्तुष्ट छैन। पछिल्लो समय नेकपा एसका नेताहरु एमालेमा फर्किने क्रम बढिरहेको बेलामा नेता भट्टराई र झाँक्रीबीचको भेटलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ।


प्रतिक्रिया

One thought on “नेकपा एसमा असन्तुष्ट रामकुमारी झाँक्री र एमाले नेता भट्टराईबीच भेटवार्ता

  1. एमालेमा ल्याएर के गर्नु ? देश विकासको नेतृत्व गर्ने संगीन मोडमा एमाले पुगेका बेला सधैं धोका दिने यस्ता भन्दा त वडाको कार्यकर्ता ठूलो । १० वर्षसम्म सामान्य कार्यकर्तामात्र भएर राख्ने र त्यसपछि निष्ठा जाँच गरेर मात्र नेतृत्व दिने शर्तमा एमालेमा ल्याउ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर