अनसनरत आरतीको परिवारको माग सम्बोधन गर्न आयोगको सरकारलाई आग्रह – Nepal Press

अनसनरत आरतीको परिवारको माग सम्बोधन गर्न आयोगको सरकारलाई आग्रह

काठमाडौं । माइतीघरमा अनसनरत धनुषाका आरती साहका परिवारका सदस्य र आरती रावलको माग सम्बोधन गर्न राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई आग्रह गरेको छ ।

आयोगले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निरन्तर अनशनका कारण उनीहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्या समाधान गर्न र माग सम्बोधन गरी अनसनरत व्यक्तिको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको हो ।

आरती साहको मृत्युको घटनामा दोषीलाई कारबाही गर्नुपर्ने माग राखेर करिब दुई महिनादेखि साहका आफन्त माइतीघरमा अनशन बसेका छन् । त्यस्तै वैवाहिक बलात्कारको आरोपमा दोषीलाई प्रभावकारी कारबाहीको माग गर्दै आरती रावल पनि अनशन बसेका छन् ।

‘वर्षातको समयमा निरन्तर अनशनमा बसेका कारण अनसनरत व्यक्तिको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ’, आयोगका सहसचिव एवम प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अनसनरत पक्षको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितको गुनासो पनि रहेको आयोगले विज्ञप्तीमार्फत जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर