म्यानमारमा पहिरोमा परी ज्यान गुमाउने संख्या २५ पुग्यो, १४ बेपत्ता – Nepal Press

म्यानमारमा पहिरोमा परी ज्यान गुमाउने संख्या २५ पुग्यो, १४ बेपत्ता

यांगुन । म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन् ।

आपत्कालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन्। अविरल वर्षा र बाढीका कारण आइतबार काचिन प्रान्तको हपाकान्त सहरको बाहिरी भागमा रहेको जेड खानीमा पहिरो गएको थियो।

मङ्गलवार बेलुकासम्म उद्धार कार्यका क्रममा २५ जनाको शव निकालिएको एक उद्धारकर्मीले सञ्चारमाध्यमलाई बताए ।

उनले १४ जना अझै बेपत्ता रहेको र उनीहरूको उद्धारका लागि बुधवार पनि उद्धार कार्य जारी रहने बताए । उद्धारकर्मीहरूले शवहरू फेला पार्न माटो सफा गर्नुपरेको थियो भने केही शवहरू पानीमा तैरिरहेका थिए।

उत्खननका क्रममा भारी वर्षाका कारण करिब १५०–१८० मिटर (५००–६०० फिट) अग्लो माटोको थुप्रो भत्किएको उद्धारकर्मीहरूले बताएका छन् ।

सञ्चारमाध्यमका अनुसार वर्षायामका कारण खानी सञ्चालनमा रोक लगाइएको भए पनि बहुमूल्य सामग्री भेटिने आशमा स्थानीय बासिन्दा हिलोमा जम्मा भएकाले पहिरो खसेको अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर