रुपन्देही कांग्रेसमा दुई समूहको किचलो : संस्थापनका शाह र इतरका नेता खानबीच मञ्चमै हात हालाहाल (भिडिओ) – Nepal Press

रुपन्देही कांग्रेसमा दुई समूहको किचलो : संस्थापनका शाह र इतरका नेता खानबीच मञ्चमै हात हालाहाल (भिडिओ)

रूपन्देही । नेपाली कांग्रेसको आन्तरिक सुदृढीकरण अभियान चलिरहेको बेला दुई समूहका नेताहरूले मन्चमै हात हालाहाल गरेका छन् ।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसको संस्थापन समूहका नेता भरत कुमार शाह आफ्नै निर्वाचन क्षेत्रमा नेता फकरूद्दिन खानसँगै बाझिएपछि यस्तो स्थिति आएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाका अति विश्वासपात्र शाह गत आइतवार रुपन्देहीको क्षेत्र नम्बर ५ मा आन्तरिक विशेष अभियान अन्तरगत आयोजित कार्यक्रममै अपमानित मात्र भएनन्, उनीमाथि हातपातको अवस्था श्रृजना भएको छ।

शाहले बोल्ने क्रममा मन्चमा सँगै रहेका कांग्रेसका महासमिति सदस्य रहेका फकरुद्दिन खानप्रति लक्षित गर्दै तपाई जस्ता मान्छे कांग्रेसमा धेरै आए भनेपछि मन्चमै रहेका खानले उठेर प्रतिवाद गरेका थिए।

यसअघि खान लुम्बिनी प्रदेशसभामा प्रमुख सचेतक थिए अहिले टिकट पाएपनि जित्न सकेनन् । केही महिनाअघि सम्म उनी संस्थपन समूहमा रहेपनि अहिले इतर समूहमा लागेका छन् ।

कार्यक्रममा सहभागी एक कांग्रेस कार्यकर्ताका अनुसार कार्यक्रममा नेताहरुका बीचमा गुट परिवर्तनले असन्तुष्टि बढेको कुरा छताछुल्ल भएको थियो।

कार्यक्रममा खानले बोली सकेपछि बोलेका शाहले खानप्रति लक्षित गर्दै शाहले ‘नेपाली कांग्रेस बुझ्न समय लाग्छ, नेपाली कांग्रेस त्यतिकै बुझिदैन् तपाई जस्ता मान्छे धेरै आई सके मसिना बावा हुनु हुन्थ्यो जोतेन्द्र मोहन चौधरी हुनुहुन्थ्यो, छविलाल भुसाल हुनु हुन्थ्यो उनीहरु कहाँ गए ? राम नारायण यादव यहि हुनुहुन्छ उहाँ पनि त २०४८ सालबाट कांग्रेसमा हुनुहुन्छ’ भनेपछि खान उठेर शाहलाई थर्काएको सार्वजनिक भिडियोमा देखिएको छ।

नेपाली कांग्रेसका त्यस क्षेत्रका एक नेताका अनुसार गएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएपछि शाहले संस्थापन भन्दा बाहिरका कार्यकर्ताहरुलाई कार्वाहीको डण्डा चलाउने उद्देश्यले बिभिन्न लान्छना लगाउने गर्दै आएका कारण बिवाद बढदै गएको बताए।

‘शाह जीमा सभापति देउवाको आडमा घमण्ड बढेको थियो त्यसमाथि त्यसक्षेत्रका धेरै युवाहरु फखरुद्दीन खान सहितका युवाहरुले गुट बदलेर शाहको साथ छोडेपछि खानसँग रिसाएर सार्वजनिक कार्यक्रममै कांग्रेस नबुझेको आरोप लगाएका कारण घटना घटेको हो’ उनले भने, ‘अब रुपन्देहीमा संस्थापन समूह कमजोर हुँदै गएको छ त्यसकारण उनीहरु जहाँ जे मनलाग्यो त्यही बोल्न थालेका छन् ।

केही असमझदारीका कारण घटना घटेको र आन्तरिक घटना भएको कांग्रेस महासमिति सदस्य फखरुद्दिन खानले बताए।

‘यो सामान्य र आन्तरिक घटना हो यसलाई अगाडि नबढाऔं भन्ने समझदारी भएको छ’, खानले भने।

पार्टीको आन्तरिक कार्यक्रममा नेताहरू गुटबन्दी गरेर लड्न थालेको भन्दै कार्यकर्ताले सामाजिक सन्जालबाटै सर्तकता अपनाउन भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर