ललिता निवासको अनुसन्धानमा बाहिरबाट ‘गेम प्ले’ भइरहेको प्रधानमन्त्रीको आशंका – Nepal Press

ललिता निवासको अनुसन्धानमा बाहिरबाट ‘गेम प्ले’ भइरहेको प्रधानमन्त्रीको आशंका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाट ‘गेम प्ले’ भइरहेको आशंका गरेका छन् ।

बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्ड सरकारलाई अप्ठ्यारो पार्न बाहिरी चलखेल भइरहेको आफूलाई आशंका लागेको सुनाएका हुन् ।

ललिता निवासमा उपप्रधान, मन्त्रीलगायतका हाइप्रोफायलमा अनुसन्धान पुगिसकेको अवस्थामा अदालतले पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धान गर भन्नुले आफूहरू गम्भीर भएको प्रचण्डको भनाइ छ ।

‘उपप्रधानमन्त्री तहमा अनुसन्धान पुगिसकेको बेला अदालतले प्रधानमन्त्री तहमा पनि जाऊ भन्यो यसमा गम्भीर छौं । अस्ति सचिव पक्राउ परेपछि कसैले सही नै गर्न नमान्ने अवस्था सिर्जना भयो । अहिले अदालतको आदेशपछि मन्त्री-प्रधानमन्त्रीले काम गर्ने/नगर्ने भन्ने अवस्था आयो’, प्रधानमन्त्रीले भने, ‘कार्यपालिका-न्यायपालिका र व्यवस्थापिकाको लक्ष्मण रेखालाई अदालतको आदेशले तोड्यो । यस्तो हुँदा कार्यकारीले कसरी फंक्सन गर्ने ?’


प्रतिक्रिया

One thought on “ललिता निवासको अनुसन्धानमा बाहिरबाट ‘गेम प्ले’ भइरहेको प्रधानमन्त्रीको आशंका

  1. दिल्लीका दलालहरूले गरेको भ्रष्टाचारमा त कुरै निकाल्न भएन नि । नीतिगत भन्दै भ्रष्टाचार भनेर खाउँला भनेको अदालतले अंकुश लगाईदियो । डाहा भयो भ्रष्टाचारीहरूलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर