नेविसंघमा विवाद- तीन जनाले गरे केन्द्रीय समितिमा बस्न अस्वीकार – Nepal Press

नेविसंघमा विवाद- तीन जनाले गरे केन्द्रीय समितिमा बस्न अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान विपरीत नेविसंघमा ७१० केन्द्रीय सदस्य मनोनयन गरेपछि विवाद चर्किरहेको छ। तर, सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन्।

ढकाल र घिमिरेले नेविसंघका सभापति दुजाङ शेर्पालाई संयुक्त पत्र काट्दै आफूहरू केन्द्रीय सदस्यको जिम्मेवारी लिन असमर्थ भएको जानकारी गराएका छन्।

पत्रमा भनिएको छ, ‘ने.वि.संघ लोकतान्त्रिक मूल्यमान्यतालाई आफ्नो आदर्श मानेर अघि बढिरहेको कुरा सर्वविदितै छ। यद्यपि केही वर्षयता मातृ पार्टीको अत्यधिक एवं अनुचित हस्तक्षेपका कारण ने.वि. संघभित्र लोकतन्त्रको अनुभूति गर्न कठिन भएको कुरा घामजस्तै छर्लङ्ग छ। लामो समय रिक्त रहेको ने.वि.संघले पुर्णता पाउँदै गर्दा समावेशी समानुपातिक सिद्धान्तलाई नजरअन्दाज गरिनु र महिला सहभागिता एकदमै न्यून हुनुले ने.वि.संघमा असमानताको अवस्था सिर्जना गरेको प्रति आदरणीय सभापतिको ध्यानाकर्षण गराउन चाहन्छौँ।

नेतृत्व विकासको प्रमुख जगको रूपमा रहेको विद्यार्थी संगठनलाई दूषित पारेर पार्टीको सुन्दर भविष्य भेट्न नसक्ने उल्लेख गर्दै यसले न वर्तमान चुनौतीसँग सामना गर्न सक्छ न थप विद्यार्थीहरू कै आकर्षण गर्न नसक्ने उल्लेख गरेका छन्।

यसअघि काठमाडौं जिल्ला अध्यक्ष मनीष डंगोलले समेत केन्द्रीय सदस्य बन्न अस्वीकार गरिसकेका छन् । उनलाई केन्द्रीय सदस्यमा मनोनयन गरेर अध्यक्ष दुजाङ शेर्पाले अंशुल केसीलाई अध्यक्ष बनाएपछि आफू जिल्ला अध्यक्षमै बहाल रहेको भन्दै डंगोलले कार्यसमितिमा ५० जना सदस्यसमेत विस्तार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर