अमेरिकामा भीषण आगलागी, मृत्यु हुनेको संख्या ९३ पुग्यो – Nepal Press

अमेरिकामा भीषण आगलागी, मृत्यु हुनेको संख्या ९३ पुग्यो

हवाई । अमेरिकाको जङ्गलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।  एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जङ्गलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौँ घाइतेसमेत भएका छन् । अमेरिकाको जङ्गलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगो हो ।

हवाईका गभर्नरले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । माउई र लाहैना जस्ता सहरमा २२ सयभन्दा बढी घरहरू जलेका छन् भने सयौँ सवारी साधन पनि आगजनीका कारण ध्वस्त भएका छन् । बिजुली तथा खानेपानी समेत नहुँदा मानिसहरूको दैनिक जीवन थप कष्टकर भएको छ । अधिकांश मानिसले घर छाडेर हिँडेका छन् ।

हवाईमा आगलागीका कारण ४९ लाख ७७ हजार करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गभर्नरका अनुसार हरेक दिन करिब १५ हजार मानिसले आफ्नो घर छाड्नुपरेको छ ।

हवाई राज्यमा भएको भीषण आगलागी कारण सयौँ भौतिक संरचनामा ध्वस्त भए पछि राष्ट्रपति जो वाइडेनले संघीय सरकारले पुनर्निर्माण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने डढेलो निभाउनका लागि हर सम्भवः प्रयास गर्न निर्देशनसमेत दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर