प्रशिक्षक रोबर्टो म्यानसिनीले छाडे इटालीको जिम्मेवारी – Nepal Press

प्रशिक्षक रोबर्टो म्यानसिनीले छाडे इटालीको जिम्मेवारी

रोम । अनुभवी प्रशिक्षक रोबर्टो म्यानसिनीले इटाली राष्ट्रिय टोलीको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

इङ्लिस क्लब म्यानचेस्टर सिटीका पूर्वप्रशिक्षक म्यानसिनी ५ वर्षयता इटालीको प्रमुख प्रशिक्षक रहेका थिए । सन् २०१८ को विश्वकपमा इटाली छनोट हुन नसकेपछि म्यानसिनीलाई प्रशिक्षकका रुपमा भित्र्याइएको थियो ।

सन् २०२० मा इटालीले युरो कप जित्दा म्यानसिनी प्रशिक्षक थिए । ३७ खेलसम्म अपराजित इटाली सन् २०२२ को विश्वकपमा भने छनोट हुन असफल भएको थियो ।

इटाली र साम्पडोरियाका पूर्वमिडफिल्डर म्यानसिनीकै प्रशिक्षणमा म्यानचेस्टर सिटीले पहिलोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको थियो, सन् २०१२ मा । सन् २०२२ को कतार विश्वकपको छनोट प्ले अफमा इटाली नर्थ मेसेडोनियासँग पराजित भएपछि ५८ वर्षीय म्यानसिनी दबाबमा आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *