दलको बैठकबाट निस्किँदै सुनिल शर्माले भने- देउवा पनि जिन्दावाद, घरमा गएर खुट्टा ढोग्छु (भिडिओ) – Nepal Press

दलको बैठकबाट निस्किँदै सुनिल शर्माले भने- देउवा पनि जिन्दावाद, घरमा गएर खुट्टा ढोग्छु (भिडिओ)

‘भोलि संसदमा बोल्न नदिए विद्रोह गर्छु’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनिल शर्माले भोलि संसदमा बोल्न नदिए आफूले विद्रोह गर्ने बताएका छन् । पार्टीको संसदीय दल बैठकमा वर्तमान सरकारलाई बिदा गरेर शेरबहादुरलाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए ।

‘हामी लार्जेस्ट पार्टी हौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर अगाडि जानुपर्छ भन्ने सीधा कुरा छ । दायाँ बायाँ कुरै छैन । नेताहरुले भित्र र बाहिरको परिस्थिति र विविध कुरा हेर्नु हुन्छ, तर ढिलो चाँडो त्यहीँ जान्छ’, उनले संसदीय दलको बैठकबाट बाहिरिँदै भने ।

थुनामुक्त भएपछि केपी ओली जिन्दावाद भनेको तर देउवाको नाम नलिएको विषयमा पत्रकारले उनलाई सोधेका थिए ।

त्यसको जवाफमा ‘त्यतिबेला म अलि टेन्सनमा पनि थिएँ । पार्टीको सभापतिलाई मुर्दावाद भनेको सुन्नुभयो र ? म उहाँलाई घरमा गएर खुट्टा ढोगेर भेट्छु भनेर भनिरहेको छु । शेरबहादुर देउवालाई जिन्दावाद भन्न पैसा तिर्नुपर्छ र ? हाम्रा सबै नेता जिन्दावाद नै हो । व्यक्तिमा नजाउँ ।’

उनले भोलिको संसद बैठकमा आफूले निर्धक्क कुरा राख्ने शर्माले बताए ।

‘गृहमन्त्रीको राजीनामा मेरो बटमलाइन हो । भोलि मलाई संसदमा बोल्न दिइएन भने म विद्रोह गर्छु । यो कुरा आज मैले बैठकमा पनि राखेको छु’, शर्माले भने ।

शर्माले यो सरकारलाई आतंककारी संज्ञा दिए ।

‘मैले बैठकमा पनि यो यो सरकार आतंककारी हो भनेँ । मलाई सरकारमा भएको फिल भएको छैन । बालकृष्ण खाणलाई आरोप लगाउना साथ हत्कडी लगाएर थुनिहाल्नुपर्ने । उहाँहरुको २३४ पटक कल गर्दा पनि किन पक्राउ गरिएको छैन ? यी गृहमन्त्रीले उत्तर कोरियाजस्तो आतंककारी व्यवस्था लागू गरिरहेका छन् । उनले राजीनामा दिनुपर्छ । यो सरकार टिक्दैन । कति घण्टा कति दिन भन्ने मात्र हो, गृहमन्त्रीले राजीनामा गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर